माघ २२, जापानमा गुडिरहेको रेलको लिकमा हाम फालेर एक जना नेपाली युवकले आत्महत्या गरेका छन्। 

बिहीबार करिब २ बजे तिर जापानको राजधानी टोकियोस्थित केक्यु लाईनको ओईमाची रेल्वे स्टेशन नजिक गुडिरहेको रेलको लिकमा नेपाली युवा ओमकार कँडेलले हामफालेर आत्महत्या गरेका हुन् । 

करिब २ बर्ष अगाडी पारिवारीक भिषामा जापान आएका उनी काँडेवास ९ गल्कोट घर भएका टोपलाल कँडेलका २१ वर्षीय छोरा रहेको गलकोट समाज जापानका उपाध्यक्ष दिलु खत्रीले बताएका छन् । ओमकारले सुसाईड नोट लेखेर हिडेको केहि बेरमा रेलको लिगमा हाम फालेका हुन्। 

बाबु, आमा र भाईसँग कामता भन्ने स्थानमा बस्दै आएका कँडेलले सुसाइड नोटमा आफनै कारणले जिंदगीबाट बिदा लिने निर्णयमा पुगेको बताएका छन् । 

उनले पछिल्लो केही समय यता पुराना साथिभाईहरूसँग भेटघाट गर्ने तथा घुमघाम कार्यलाई प्राथमिकता दिएका थिए । प्रहरीले उनले किन आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान थालेको जनाएको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top