संस्कृत भाषाको पठनपाठनका लागि पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक छाप्ने अभियान सुरु गरिएको छ। जयतु संस्कृतम्, सत्मार्ग अभियान र जीयर शैक्षिक संस्था नेपाल, विकास तरङ्गिणीको नेतृत्वमा उपत्यकाका निजी विद्यालयका लागि पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक छाप्न लागिएको हो । आगामी शैक्षिक सत्रबाटै संस्कृत पठन पाठनको व्यवस्था मिलाउन फागुन मसान्तमै पाठ्यपुस्तक उपलब्ध गराउने गरी तयारी गरिएको जीयर संस्थाका अध्यक्ष एवम् सरकारका पूर्व सचिव वामनप्रसाद न्यौपानेले जानकारी दिए। रुपक मेमोरियल विद्यालय कुपण्डोल, वागमती वोर्डिङ स्कुल सुकेधारा, डिएभी स्कुल जावालखेल, नेवरहुड मावि मण्डिखाटार, पोलिथिम उमावि धुम्रबराही, विज्ञान मावि मण्डिखाटार, जेम्स् विद्यालय धापाखेल, लिट्टिल एञ्जल मावि हात्तीवन, मार्वलस् इबो स्कुल मैतीदेवी, एपेक्स कलेज बानेश्वर, बृहस्पति विद्यासदन नक्साल, साकुरा मेमोरियल उमावि नवलपरासी, एप्पल इन्टरनेसनल बत्तीसपुतलीले संस्कृत पढाउने इच्छा प्रकट गरेको जीयर संस्थाका उपाध्यक्ष कुमार अधिकारीले बताए। युरोप, अमेरिकामा ज्ञानको भण्डार र नैतिकताको आधार संस्कृत शिक्षामा रहेको भन्दै पढाउन थालिएपछि संस्कृत शिक्षाको प्रादुर्भाव भएको नेपालका विद्यालयमा पनि यसको आवश्यकता महसुस गरिएको रुपक मेमोरियल विद्यालयका प्रधानाध्यापक हेलेन शर्माले बताए। विसं २०५५ सम्म निमावि तहसम्म अनिवार्य विषयका रुपमा ५० पूर्णाङ्कको संस्कृत अध्यापन हुने गरेको थियो ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top